शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माओवादीद्वारा भूमिसम्बन्धी समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठनको माग

माओवादीद्वारा भूमिसम्बन्धी समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठनको माग

 

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अविलम्ब भूमिसम्बन्धी समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले भूमिसम्बन्धी समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन सरकारसँग माग गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ुबैठकले संविधान र कानुनका आधारमा सुकुम्वासी, दलित र अव्यवस्थित बसोवासको समस्या समाधान र कार्यान्वयन गर्न अविलम्ब उच्च स्तरीय आयोग गठन गर्न माग गरेको छ,’ उनले भने । यसअघि भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोग माओवादीसमेत साझेदार रहेको वर्तमान सरकारले खारेज गरेको थियो ।

माओवादी केन्द्रले सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलले बनाएको साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend