काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरेको छ । पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा भने बैठकमा छलफल नगरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
गठबन्धनभित्र मन्त्रालयको टुंगो नै लगाउने काम नभएकाले पार्टीभित्रबाट कुन व्यक्तिलाई पठाउने भन्ने विषयमा छलफल नभएको उनले बताए । प्रवक्ता श्रेष्ठले भने, ‘सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरिएको छ । गठबन्धनभित्र मन्त्रालय कसले पाउने भन्ने टुंगो नलागेकाले पार्टीभित्र कसलाई पठाउने भन्ने विषयमा छलफल गरिएको छैन । १र२ दिन भित्र सरकारले पूर्णता पाउने गरी गठबन्धनभित्र छलफल हुन्छ ।’
बैठकले सत्तारुढ गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेकोमा धन्यवाद दिँदै छिट्टै सार्वजनिक गर्न पनि आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend