शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पार्टीका नियमित काम रोकिँदैनन्ः प्रदीप ज्ञवाली

पार्टीका नियमित काम रोकिँदैनन्ः प्रदीप ज्ञवाली

Pradeep Gyawali during his interview at the ministers quarter on Wednesday. October 16 2019. PHOTO/SANJOG MANANDHAR

 

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीका गतिविधि नरोकिने प्रष्ट पारेका छन्। उनले पार्टीका नियमित कामहरु अगाडि बढ्ने बताएका हुन्। माधव नेपाल पक्षले भने पाटी एकताका लागी गतिविधि रोक्नु पर्ने बताउँदै आएको छ ।

नेपाल पक्षले सदस्यता नवीकरण लगायतका काम रोक्न आग्रह गर्दै आएको छ। त्यसप्रति प्रतिक्रिया दिँदै ज्ञवालीले भने, ुपार्टीका नियमित कामहरु अगाडि बढ्छन्। छलफल पनि चलिरहन्छन्।ु

उनले छलफलको नाममा आफूहरु अनन्तसम्म पार्टी कामलाई रोक्ने, पार्टी गत्यावरोधमा जाने, स्थानीय चुनाव नजिक आउन थालिसकेकाले त्यसबारेमा कुनै पनि तयारी नहुने, पार्टीको महाधिवेशन गर्नुपर्ने समय नजिक आइसकेकाले त्यसको बारेमा कुनै पनि तयारी नहुने कुराको पक्षमा नरहेको बताए।

ुसत्तापक्ष आक्रामक रुपमा प्रस्तुत भयो। हुन थालिसक्यो। जनतासँग जोडिएको महत्त्वपूर्ण विषयहरुलाई उल्ट्याउन थाल्यो या विभिन्न खालका जनविरोधी क्रियाकलाप सुरु गर्न थाल्यो। त्यस्तो बेलामा प्रमुख प्रतिपक्षलाई कुनै पनि गतिविधि गर्न नदिइकन हातखुट्टा बाँधेर बस भन्ने कुराचाहिँ नेकपा एमालेको हितको सुझाव होइन। नेकपा एमालेको हितमा नभएको सुझावहरु स्वीकार्य हुने कुरा भएनु, शुक्रबार विधान महाधिवेशनबाट संशोधन गर्ने विधानका विषय छलफल गर्न आयोजित बैठकपछि उनले भने।

बैठकमा स्थायी कमिटीका सबै सदस्यहरु, विधान संशोधनका निम्ति बनेको समिति, राजनीतिक प्रस्तावसँग सम्बन्धित समिति, प्रदेशका अध्यक्षहरु र संगठन विभागका सदस्यहरु लगायतको उपस्थिति थियो। शुक्रबारको बैठकमा महत्त्वपूर्ण सुझाव प्राप्त भएको र त्यसमा आधारित भएर केन्द्रीय कमिटीले प्रस्ताव तयार गर्ने ज्ञवालीको भनाइ छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend