काठमाण्डौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेता रघुजी पन्तले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानेबारे केही कुरा नै नभएको बताएका छन्। दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिँदै आफूहरु सरकारमा जाने कुरा हल्ला मात्रै भएको बताए।
ुहाम्रो कारणले सरकार विस्तार रोकिएको होइन। सत्ता पक्षमा छैनौँ । विपक्ष गठबन्धनमा पनि छैनौँु, उनले भने, ुसरकारमा जाने कुराबारेमा बैठकमा छलफल नै भए। चर्चा नै भएन। हामी सरकारमा जाँदैनौँ, त्यो छलफलको सान्दर्भिक विषय नै होइन।ु
बैठकमा वरिष्ठ नेता नेपालले पनि सरकारमा जाने कुरा अहिले आफूहरुको प्राथमिकताको विषय नभएको बताएको पन्तले उल्लेख गरे। बैठकमा विभिन्न चारवटा निर्णय भए पनि नेपाल पक्षले सरकारमा सहभागिताबारे केही पनि बोलेको छैन।
बैठकमा बोल्दै नेता नेपालले ओलीले आफूलाई जति गाली गरे पनि आफू एमाले एकताकै पक्षमा रहेको बताएका थिए। उनले जसरी पनि एकता गरिछाड्ने बताए। ुअध्यक्ष ओलीले एकताको च्याप्टर क्लोज गरेको सत्य होइन। हाम्रो कार्यदलका सदस्यहरुलाई भन्नु भएको छैनु, पन्तले बैठकपछि भने, ुएकताको नाममा हामी लतारिएको होइन। हामी लतारिँदैनौँ, हाम्रो चाहना सम्मानसहितको एकता हो।ु
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend