काठमाण्डौं,साउन २२ गते । यूवा ब्यवसायी सरोज पौडेललाई मातृ शोक परेको छ । व्यवसायी पौडेलको आमा चुडा देबी पौडेलको विहिवार विहान ७ बजे काठमाण्डौको थापाथली स्थित नर्भिक अस्पतालमा ७३ बर्षको उमेरमा निधन भएको हो ।
अर्घाखाँचीको सन्धिखर्क घरमै बसिरहेको बेलामा एक्कासी बिहोस भए पछि उहाँलाई उपचारको लागि भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार गर्दा स्वास्थ्यमा कुनै सुधार नभए पछि थप उपचारका लागी बुधवार वेलुका नर्भिक अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । उहाँको दुई बर्ष अघि नर्भिक अस्पतालमा मुटुको अपरेशन गरिएको थियो ।
उहाँका श्रीमान सुवदार खुमलाल पौडेल , एक छोरा सरोज पौडेल र तिन छोरी समिता सुवेदी, कान्ता बन्जाडे र कान्छी छोरी रेखा हुनुहुन्छ ।
विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु तथा आफन्तहरु श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा पुग्नु भएको थियो ।
पूर्व मन्त्री टोप बहादुर रायमाझी , माओवादी केन्द्रका नेता डिलाराम अर्चाय लगायत नेता आफन्त सुभचिन्तक अस्पताल पुग्नु भएको थियो । उहाँको हिजो दिउँसो पशुपति आर्यघाटमा दाहसस्कार गरिएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend