शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

यसरी हुदैछ, छिट्टै पार्टी एकताको वारपार

यसरी हुदैछ, छिट्टै पार्टी एकताको वारपार

 

काठमाडौं । नेकपा एमाले माधब निकटका युवा नेता राम प्रसाद रिजालले ओलीले माधव नेपाल पक्षलाई बाईपास गरेर ओली गुटको बैठक गरेर एक पक्षीय ढंगले विभागहरू गठन र पार्टीको विधान अधिवेशन गर्नै लगाएत महत्वपूर्ण निर्णयहरू गरेकोले ओलीले पार्टी एकता गर्नै पक्षमा छैनन त्यसकारण ओलीसंग निर्णाक बार्ता गरी पार्टी एकताको वारपार गर्न वरिष्ठ नेता माधव कुमार नेपाललाई हार्दिक अनुरोध गरेका छन ।

 

हिजो नेकपा आज एमालेको कारण त्यसमा पनि ओलीको कारण नेपालको राजनीति गिजोल्लिएर यसले राज्यका सबै क्षेत्र र समुदायलाई स्वयंम राष्ट्रलाई गम्भीर क्षति पुगेकोले एमालेको किचोलो अन्त गर्न ढिलो नगरौं भनेका छन रिजालले ।

ओलीले पार्टी एकता चाहेको भए नेता नेपाललाई पनि ओलीकै बराबर पार्टीमा समान अधिकार दिएर पार्टी एकता गर्ने कुरामा पनि रिजालले जोड दिएका छन ।पार्टी एकता बारे वारपार गर्न ढिला गर्न नहुने रिजालको भनाई छ । उनले लामो समय सम्म यसरी पाटी चल्न नसक्ने र पाटी एकताको वारपार छिट्टै हुने समेत बताए । उनले देश र जनतालाई अनि कार्यकर्तालाई अन्योल र निराश तथा मुलुकलाई बन्धक बनाउने अधिकार एमाले पार्टीलाई नभएको बताए ।

एमाले पार्टी र समग्र कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने तथा उचाईमा पुर्याउने हो भने शान्ति प्रकृयाका प्रमुख हस्ती अहिलेका कम्युनिस्ट पार्टी हरूकै प्रमुख नेता ओली प्रचण्ड भन्दा पनि सिनीयर कम्युनिस्ट नेता कमरेड माधव कुमार नेपालको भूमिका पार्टीमा बलियो नबनाई एमाले पार्टी र समग्र कम्युनिस्ट आन्दोलन बलियो हुन नसक्ने रिजालको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend