काठमाडौं । माधव नेपाल पक्षको केन्द्रीय कमिटीको ‘बैठकमा भिम रावल र राम कुमारी झाँक्रीबीच चर्काचर्की भएको छ । आज बसेको केन्द्रीय कमिटीको ‘बैठकमा यस्तो चर्काचर्की भएको हो । सबैले भरपर्दो र सम्मानित हिसाबले पार्टीको विवाद मिलाउनुपर्छ भन्ने कुरा आएका छन् । पार्टी एकता गर्दा विधि र पद्धतिलाई मिच्नु हुँदैन । कसैको आदेश र लहडमा पार्टी चल्ने व्यवस्थाको अन्त्य हुनुपर्छ भन्ने कुरा गरेका छौं,’ नेत्री रामकुमारी झाँक्रीले भनिन् ।
बैठकमा नेत्री झाक्रीले कार्यदलका सदस्यहरूले विवादलाई कार्यदल भर्सेस केन्द्रीय कमिटी जस्तो बनाएको र यस्तो काम रोक्नुपर्ने भनेपछि भीम रावलले झाँक्रीको प्रतिवाद गरेका थिए । स्रोतका अनुसार नेत्री झाक्रीले बैठकमा भनेकी थिइन्, ‘केपी ओलीसँग कार्यदलका सदस्यहरूले माधव नेपालको पक्षमा मान्छे नै नरहेको, चुनावमा जाँदा उनलाई कसले भोट दिन्छ र भन्ने ढंगले कुरा गर्नुभएको छ । पार्टी विवादलाई कार्यदल भर्सेस केन्द्रीय कमिटी जस्तो बनाइएको छ । यो जसले गर्नुभएको छ । आजैबाट रोक्नुहोस् ।’
झाँक्रीले बोल्दाबोल्दै भीम रावलले उनको प्रतिवाद गरे । रावलले भने, ‘तपाईंहरूले मिडिया र सार्वजनिक रूपमा भनेका कुराको जिम्मेवारी चाहिँ कसले लिन्छ ? हामीले कार्यदलमा अथवा अन्यत्र कहीँ पनि त्यस्ता कुरा गरेका छैनौं । यस्ता कुरा बैठकमा नगर्नुहोस् ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend