शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पार्टी एकता बारे माधवकुमार नेपालले अगाडि सारे यस्तो सर्त

पार्टी एकता बारे माधवकुमार नेपालले अगाडि सारे यस्तो सर्त

तस्बिर फाइल

 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म गरेका गल्ती स्वीकारेर आत्माआलोचना गरे मात्र पार्टी एकता हुने सर्त अगाडि सारेका छन ।

बिहीबार काठमाडौंमा बसेको नेपाल पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा वरिष्ठ नेता नेपालले ओली सच्चिन तयार नभए पार्टी एकता नहुने स्पष्ट पारे । आफूहरू धेरै अघि बढिसकेको भन्दै नेपालले ओलीले गल्ती नसच्याई सहमति नहुने स्पष्ट पारे ।

सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने उनको ठहर छ । एकताको पक्षमै रहेको बताउँदै नेपालले सम्मानजनक हैसियतविनाको एकतामा उत्पन्न हुने दुष्परिणामको भागिदार बन्न नचाहेको बताए ।

नेता नेपालले अध्यक्ष केपी ओलीका पछिल्ला अभिव्यक्ति आफूहरूलाई एकताबाट पर धकेल्ने नियतबाट आएको जिकिर गरे । कार्यदलमा रहेका नेताहरुले काम गरिरहेको बेला ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको उनको भनाइ थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend