सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

स्वास्थ्य मन्त्रालयले भन्यो- देश कोरोनाको तेस्रो लहरतर्फ अगाडि बढ्न थाल्यो

स्वास्थ्य मन्त्रालयले भन्यो- देश कोरोनाको तेस्रो लहरतर्फ अगाडि बढ्न थाल्यो

 

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुक कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा समीर अधिकारीले बुधबार प्रेस ब्रिफिङमार्फत मुलुक कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको संकेत गरेका हुन ।

उनका अनुसार पछिल्लो समय धेरै व्यक्ति अस्पतालमा टाउको दुखेर, सामान्य ज्वरो आएर अथवा अन्य समस्याका कारण भर्ना हुने क्रम बढ्दै गएको अवस्था छ । साथै स्वास्थ्यमा जटिल समस्या आएका कारण पनि केही व्यक्तिहरु अस्पताल भर्ना हुन थाल्नुभएको उनले प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।

‘अहिले कोभिड–१९ को दैनिक रुपमा सङ्क्रमण पुष्टि हुने सङ्ख्या बढ्दै गएको, अस्पतालमा भर्ना हुनेहरुको सङ्ख्या पनि तुलनात्मक रुपमा बढी देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले भने , ‘यो हिसाबले मुलुक तेस्रो लहर तिर अगाडि बढ्न थालेको हो की भन्ने संकेत हामीले देखिरहेका छौं र विस्तारै त्यो अवस्था देखिदै गएको पनि छ ।’

सरकारले कोरोना परीक्षण निःशुल्क गरिरहेको जानकारी दिँदै उनले कोरोना परीक्षणको दायरामा आइदिन सम्पूर्ण नागरिकमा आग्रह समेत गरेका छन ।कोरोना महामारीविरुद्ध अभियान हाम्रो पुस्ताकै अभियान भएको हुनाले यसमा सबैको एक्यवद्धता र सहकार्यको आवश्यक रहेको उनले बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend