शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले नेता खनालको मिर्गौला प्रत्यारोपण सफल

एमाले नेता खनालको मिर्गौला प्रत्यारोपण सफल

फाइल फोटो

 

काठमाण्डौ । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।
आज बुधवार मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उनको निजी सचिवालयले जनाएको छ । खनाल केही समय अघिदेखि भारतको एपोलो अस्पतालमा उपचाररत छन् ।

एफोलो अस्पतालमा डा अखिल मिश्रको निगरानी तथा नेतृत्वमा उपचाररत खनालको आज डा सन्दीप गुलेरियाको सर्जरी टिमले मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो ।

अब नेता खनालले केही समय अस्पतालमै रही आराम गर्ने र स्वास्थ्य स्थिति सामान्य भएपछि नेपाल फर्किने उनको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि गएको असार २ गते भारतको दिल्ली प्रस्थान गरेका थिए । त्यसअघि नेता खनालको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend