शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नारायणकाजी श्रेष्ठले भने – संसद् विघटनको जिम्मेवार ओली मात्रै होइनन्

नारायणकाजी श्रेष्ठले भने – संसद् विघटनको जिम्मेवार ओली मात्रै होइनन्

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् विघटन हुनुमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मात्रै जिम्मेवार नभएको टिप्पणी गरेका छन्।

राष्ट्रियसभाको बैठकमा बोल्दै प्रवक्ता श्रेष्ठले भने, ुप्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चाल्ने ओली हो। यो मुलुकमा दुरावस्था ल्याउनमा सबै राजनीतिक पार्टीहरू, नेताहरु, यो भन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि छन्। त्यो कुरा आज निर्मम आत्मसमीक्षा गर्नुपर्छ।ु

सबै पार्टी, नेता र सरकारले आफ्नो ठाउँमा सच्चिएर जनताले अपेक्षा गरेअनुसार काम गर्न उनले आग्रह गरे। कोरोनाको खोप ल्याउन, बाढीपहिरो पीडितको व्यवस्थापन, समावेशीता र सुशासनको पक्षमा काम गर्न उनले माग गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend