काठमाडौं । नेकपा एमालेका माधब निकटका युवा नेता राम प्रसाद रिजालले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको कदममा आत्मालोचना गरेर माफी माग्नु पर्ने बताएका छन । ओलीले माफी नमागेसम्म माधव नेपाल संग भेटवार्ता नहुने युवा नेता रिजालले बताए ।
युबा नेता रिजालले बताए अनुसार नेता नेपालले अध्यक्ष ओलीले आत्मालोचना नगरेसम्म भेटवार्ता गर्न नसकिने बताएका हुन ।
बहुमत प्राप्त सरकार हुँदाहुँदै पनि प्रतिनिधि सभा विघटन गर्नु गलत भएको ओलीले स्वीकार गर्नुपर्ने र यदि यसो भएमा उनीसँग भेटवार्ता गर्न सकिने नेपालको सर्त रहेको युबा नेता रिजालले बताए ।
नेकपा अध्यक्ष ओली प्रधानमन्त्री हुँदा २०७७ पुष ५ मा र २०७८ जेठ ७ मा २ पटक प्रतिनिधि सभा विघटन गरेका थिए । उनको दुवै पटकको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै पुनर्स्थापना गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend