शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मन्त्री बन्ने गगनको चाहना

मन्त्री बन्ने गगनको चाहना

 

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले अवसर दिए आफू स्वास्थ्यमन्त्री बन्न चाहेको बताएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।

देउवा प्रधानमन्त्री भएको यतिका दिन हुँदा पनि उनले स्वास्थ्यमन्त्री नियुक्त गर्न नसकेकोमा थापाले आपत्तिसमेत जनाएका छन् ।

ुप्रधानमन्त्री देउवाले सरकारमा आएर मन्त्री बनेर काम गर भने पनि तयार छु, होइन सरकार म चलाउँछु अहिले संसदमा नै बसेर काम गरे भने पनि काम गर्न तयार छु ।ु उनले भने ।

उनले देउवाले आफूलाई संसदमा नै बसेर काम गर्न भने पनि आफू तयार भएको स्वास्थ्यमन्त्रीमा नियुक्त गरेपनि आफू काम गर्न तयार भएको उल्लेख गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend