काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुशासनमा कडाई गरेका छन् । मन्त्री र सरकारी कर्मचारीको गतिविधिमा निगरानी गर्दै सुशासनमा केन्द्रीत भएका हुन् ।
प्रधानमन्त्री देउवाले मन्त्री र सरकारी कमर्चारीबाट भएका सुशासन विपरीत गतिविधिमा निगरानी बढाउँदै सच्याउन थालेका हुन् ।
यसैक्रममा प्रधानमन्त्री देउवाले कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमसहित चार जनाको सरुवा रोकेका छन् । वीर अस्पतालको प्रशासनिक सुधारमा सक्रिय डा गौतमलाई स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरुवा गरेका थिए ।
व्यापारिक पृष्ठभूमिका मन्त्री श्रेष्ठले आफ्नो अधिकार क्षेत्रभित्रै नपर्ने अधिकार प्रयोग गरेर गौतम सहितका चिकित्सकलाई सरुवा गरेपछि प्रधानमन्त्री देउवाले हस्तक्षेप गर्दै रोकेका हुन् । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गर्न देउवाले निर्देशन दिएका हुन् ।
राज्यमन्त्री श्रेष्ठले डा। गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा रुद्र मरासिनीलाई पठाएका थिए । यस्तै उनले स्वास्थ्य समन्वय महाशाखामा डा। विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा। रिता भण्डारीलाई पठाएका थिए ।
राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले निर्णय कार्यान्वयनमा रोक लगाएको बुझिएको छ । गौतम जेठ १० गते मन्त्रालयको प्रवक्ताबाट केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका थिए ।
उनी वीरमा गएपछि कर्मचारीहरुको मनोमानीमा कडाई भएको छ । समयमा नआउने कर्मचारीलाई कडाई गरेका छन् ।
जसविरुद्ध कर्मचारीहरु आन्दोलनमा उत्रिएर उनलाई हटाउन माग गरिरहेका छन् । नेपालपानाबाट
# प्रधानमन्त्री शेरबहादुर देउवा
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend