काठमाडौं । विश्व किर्तीमानी गीतकार तथा कवि साहित्यकार डा डिआर उपाध्यायले मँगलबार एक समारोहबीच आफ्ना फरक शैलीका ७ वटा गीति कविता सार्वजनिक गरेका छन् । गिनीज अफ वल्र्ड रेकर्ड सहित विश्वका चर्चित ५२ वटा विधामा यस अघि विश्व रेकर्ड कायम गरेका गीतकार तथा साहित्यकार उपाध्यायले मँगलबार सार्वजनिक गरेका ७ वटा गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैछन् ।
यसपटक उनले सार्वजनिक गरेको गीति कवितामा विश्वका ११० म्युजिक ब्यान्डको नाम समेटिएको गीति कविता, हामी शब्द ६० पटक समेटिएको गीति कविता, १७० मोवाईल फोनको नाम समावेश गरिएको गीति कविता, ५३ विभिन्न प्रजातिको कुकुरहरुको नामबाट तयार गीति कविता, संसारका प्रचलित ४१ वटा ह्याट–क्वापको नाम समेटिएको गीति कविता, शब्दको अन्त्यमा ४३ यो अक्षर समावेश गरि बनाईएको गीति कविता, विभिन्न गाडीका ६० वटा मोडलहरुको नामबाट तयार गरिएको गीति कविता सार्वजनिक गरेका हुन् । यी गीति कवितालाई पनि उनले केही दिनमै विश्व रेकर्डमा समावेश गर्नेछन् ।
गीत सँगीत तथा साहित्य सृजनाबाट यती धेरै विश्व रेकर्ड कायम गर्ने उनी पहिलो नेपाली सर्जक हुन् । उनले अर्को महिना भित्र करिब ६० वटा विश्व रेकर्ड पुर्याउँदैछन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend