शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओली सरकारको जनविरोधी निर्णय खारेज गर्नु पर्छः रामकुमारी झाँक्री

ओली सरकारको जनविरोधी निर्णय खारेज गर्नु पर्छः रामकुमारी झाँक्री

 

काठमाडौं । एमाले सांसद रामकुमारी झाँक्रीले केपी शर्मा ओली सरकारले गरेको जनविरोधी कामहरुलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने बताएकी छन्।

प्रतिनिधिसभाको बैठकको शून्य समयमा उनले यस्तो बताएकी हुन्। सांसद झाँक्रीले ओली नेतृत्वको सरकारले गरेका जनविरोधी कार्य खारेज गर्न सरकारसँग माग गरेकी हुन्।

ुसरकारले संविधानलाई ट्रयाकमा राख्न र लोकतन्त्रलाई सही बाटोमा हिडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ति सरकारले गरेका जनविरोधी कामहरुलाई खारेज गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ,ु उनले भनिन्, ुयसको एउटा राम्रो उदाहरण हो, झापाको गिरिबन्धु टि स्टेट गार्डेनको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्ने अघिल्लो सरकारको क्याविनेटको निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भनेर झापाबाट एउटा प्रतिनिधि मण्डल पनि आएको छ। यसतर्फ सरकारको म ध्यानाकर्षण गराउन चाहन्छु।ु

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend