शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले वरिष्ठ नेता नेपालले बोलाए केन्द्रीय कमिटी बैठक

एमाले वरिष्ठ नेता नेपालले बोलाए केन्द्रीय कमिटी बैठक

 

काठमाण्डौं । स्थायी कमिटीका सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान दबाब दिएपछि नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

भोलि बुधबार विहान ११ बजे शंखमूलको क्वालिटी बेन्क्वेटमा केन्द्रीय कमिटीको बैठक राखिएको हो। पछिल्लो समय स्थायी कमिटीका अधिकांश सदस्य पार्टी एकताको पक्षमा छन्। कार्यदलमा रहेका नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले समेत जुनकुनै हालतमा एमालेमै रहनुपर्ने र ओलीसँगै मिल्नुपर्ने दबाब दिन थालेपछि नेता नेपालले केन्द्रीय सदस्यसँग छलफल गर्न चाहेको बताएका थिए।

तर, स्थायी कमिटीका सदस्यहरुले स्थायी कमिटीबाटै निर्णय गर्नुपर्ने अडान लिएपछि नेता नेपालले केन्द्रीय कमिटि बैठक बोलाएका हुन्।

नेता नेपाल केन्द्रीय समितिमा बहुमतमा छन्। नेपाल पक्षमा रहेका अधिकांश केन्द्रीय सदस्यहरु विद्यमान परिस्थितिमा अध्यक्ष केपी शर्मा ओलीसँग मिल्नु नहुने पक्षमा छन्।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न बनेको १० सदस्यीय कार्यदलले अध्यक्ष ओली र नेपालबीच मंगलबार छलफल गराउने प्रयास गरिरहेको छ।

तर, नेता नेपालले भने बुधबार केन्द्रीय कमिटीको बैठक राखेर केही निर्णय गराउने प्रयास थालेको नेताहरु बताउँछन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend