काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पदमा रहुन्जेल सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्। श्रेष्ठले सुरक्षाकर्मी बाहेक , अरु पारिश्रमिक, आवासलगायत सुविधा नलिने सोमबार पत्रकार सम्मेलन गरेर उनले बताए ।
नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए। श्रेष्ठले स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा लगानी गरेका छन्। उनले आफू राज्यमन्त्री रहुन्जेल ती संघसंस्थाबाट अलग हुने पनि बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend