शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आज दार्चुला घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयको टोली जाँदै

आज दार्चुला घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयको टोली जाँदै

काठमाडौं । तुइनबाट महाकाली तर्नेक्रममा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटी दिँदा दाचुैलाको व्यास नगरपालिका–२ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज दार्चुला जाने भएको छ । छाबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्न लागेको हो ।

टोली आज काठमाडौंबाट हवाईमार्ग हुँदै कैलाली र त्यहाँबाट पनि हवाई मार्ग हुँदै दार्चुला जाने तयारी रहेको छ । टोलीले जिल्ला प्रशासनलगायत स्थानीय र प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने छ ।

भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तरिरहेको ३३ वर्षीय धामी तुइनको तारसँगै महाकाली नदिमा डुवेर बेपत्ता भएका थिए । उक्त घटनाको सत्य तथ्य छानबिन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणाले पाँच सदस्यीय समिति गठन गरेका थिए ।

समितिमा नेपाल प्रहरीका नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend