फाइल तस्बिर
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकारनै चाहिन्छ भन्ने कुरालाई आफू नेतृत्वको सरकारले पुष्टि गरेको बताएका छन । उनले माधव नेपाललगायतका नेताहरूले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर निर्लज्ज, धोकेवाज र बेइमान काम गरेको आरोप लगाए ।
ओलीले सरकारले दमनको बाटो लिएको दाबी गर्दै प्रतिवाद गर्ने चेतावनी दिए । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरूलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने चेतावनी दिए ।
तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारलाई दमन नगर्न खबरदारीसमेत गरे । ुसरकारलाई हामी खबरदारी पनि गर्दछौं,ु ओलीले भने, ु प्रतिवाद गर्छौ र आवश्यक पर्यो भने प्रतिरोध पनि ।ु उनले ठूलो त्याग, बलिदान र संघर्षबाट जनताको अनुकूल लोकतान्त्रिक शासन व्यवस्था आएको उल्लेख गर्दै त्यस परिस्थितिलाई तलमाथि हुन आफ्नो पार्टीले नदिने दाबी गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend