शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओली र नेपालनिकट युवाहरुको चर्काचर्की, धमलालाई समाल्न गाह्रो (भिडिओसहित)

ओली र नेपालनिकट युवाहरुको चर्काचर्की, धमलालाई समाल्न गाह्रो (भिडिओसहित)

 

 

काठमाडौं । नेकपा (एमाले) का भातृ संगठन युवा संघअन्तर्गत रहेको युथ फोर्सको सेन्ट्रल कमाण्डका प्रमुख क्षितिज थेबेले केपी शर्मा ओली नेतृत्वको सरकारलाई जनादेशबाट नभई परमादेशबाट हटाईएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले माधव नेपालले आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाएको आरोप लगाए ।

तर, माधव नेपालनिकट पिपुल्स भोलिन्टियर्सका अध्यक्ष सञ्जिब राईले माधव नेपाल, झलनाथ खनाल त यो देशको व्यवस्था जोगाउनको लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । उनले माधव नेपाल र झलनाथ खनालगायतले खेलेको भूमिका इतिहासमा स्वर्णिम अक्षरले नाम लेखिने स्पष्ट पारे ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend