फाइल तस्वीर।
राम प्रसाद रिजाल , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बीच आइतवार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेको समयमा प्रचण्ड र नेपाल बीच भेटवार्ता भएको हो ।
नेता नेपाललाई भेट्न प्रचण्ड नेपालको निवास कोटेश्वर पुगेका थिए । उनीहरूबीच आइतवार बिहान १० बजेपछि झण्डै एक घण्टा छलफल भएको थियो । प्रचण्डले सरकारमा सहभागिताका लागि नेता नेपालसँग आग्रह गरेका थिए ।
माधव नेपाल समूहका सांसदहरूको भेलामा मेटमणि चौधरी, विरोध खतिवडालगायतले सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए ।पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला एमाले स्थायी कमिटीको बैठक आइतवार बस्दैछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend