सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कारोना संक्रमणबाट मृतकको संख्या ४८ पुग्यो

कारोना संक्रमणबाट मृतकको संख्या ४८ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा मात्रै कोरोना भाइरसबाट तीन जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बाराको फेटा घर भएका ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
उनी निमोनिया, मस्तिष्कघात लगायतका स्वास्थ्य समस्याबाट पीडित रहेका थिए ।

शिक्षण अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पर्साको वीरगञ्ज बस्ने ६५ वर्षीय पुरुष र धनुषाको डुमरियाका ३६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

वरुगञ्जमा मृत्यु भएका भारतीय नागरिक ती पुरुषको गण्डक अस्पतालमा आइतबार मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको बताए । थपिएका १ सय ३९ जनासहित देशभर संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको उनले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend