काठमाडौ, ९ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य डिलाराम आर्चायले नेकपा भित्रको विवादका बिषयमा धारणा राख्दै पार्टी र देशले हार्न नहुने तर नेता हार्दैमा केहि फरक नपर्ने बताएका छन ।
काठमाण्डौमा संवाद क्लव नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता आचार्यले लामो समयसम्म पार्टीको लागी त्याग , तपस्या र बलिदान गर्ने नेताहरु पद कुर्सीको लागी मरिहत्ते गर्दा देश गम्भिर समस्या जान सक्ने बताए ।
आम जनता नेता कार्यकर्ताको जनभावना समेटेर शीर्ष नेतृत्व अघि बढन नसकेको भन्दै नेता आर्चायले गुनासो समेत पोखे ।
नेता आचार्यले शीर्ष नेताको नामै तोकेर भने ‘केपी शर्मा ओली , पुष्पकमल दाहाल , माधव कुमार नेपाल , झलनाथ खनाल , बामदेव गौतम , नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु तपाईहरु हार्नुस् तर पार्टी र देशले हार्नु हुदैन ‘ ।
दुई पार्टी बीच भएको एकताले बनेको नेकपा बलियो हनुपर्नेमा कमजोर हुदै गइरहेको भन्दै उनले चिन्ता ब्यक्त गरे । शीर्ष नेताहरु झिना मसिना कुरामा नअल्झि पार्टी एकता र जनभावनाको कदर गरी अघि बढनु पर्ने बिचार नेता आचार्यले राखे ।
सबै एकजुट भएर देशमा भएको बेथिति, भष्टाचार निर्मूल पार्नुपर्ने कुरामा उनले जोड दिए ।
फुटेर होइन, जुटेर मात्रै सरकारले अघि सारेको बिकास र समृद्धिको यात्रालाई पुरा गर्न सकिने नेता आचार्यको कथन थियो ।
कहिले बालुवाटार , कहिले भैसेपाटी , कहिले खुमलटारका कोठे बैठकले मात्रै समस्याको समाधान नहुने बिचार उनले राखे ।
पत्रकारहरुले पार्टी फुटछ की फुटदैन भनेर सोधेको प्रश्नको उत्तर दिदै नेता आचार्यले भने, ‘शीर्ष नेताहरुले त्याग गर्न सके पार्टी फुटने होइन, झन बलियो भएर जान्छ ।,” जनअपेक्षा अनुरुप कामहरु अगाडी बढन् नसक्दा पछिल्ला दिनहरुमा केहि आलोचना , आक्रोश र बिरोधका आवजहरु पनि उठन थालेको नेता आचार्यले बताए । यस बिषयमा सरकार गम्भिर हुनु पर्नेमा उनले जोड दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend