काठमाडौं, २ साउन । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नागरिक अब सरकारी खर्चबाटै फकाइने भएको छ ।
अलपत्र नागरिकलाई फिर्ता ल्याउने बनेको कार्यविधि २०७७ पारित भएसँगै सरकारी खर्चमा अलपत्र नागरिक फर्किन पाउने भएका हुन् ।
कोरोनाका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवद्र्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय सरकारले गरेको प्रवक्ता डा. युवराज खतिडाले बताउनुभयो ।
यस्तै सरकारले नेपालमा लगानी गरेका लगानीकर्ता र उनका परिवार, नेपालमा शाखा खोलेर कारोबार गरेका बहुराष्ट्रिय कम्पनीका व्यवस्थापक र कर्मचारीलाई नेपाल आउन दिने निर्णय पनि गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend