बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गुरुपूर्णिमा विशेषमा अग्रज गुरु सम्मान, शिक्षाप्रति उच्च सम्मान व्यक्त

गुरुपूर्णिमा विशेषमा अग्रज गुरु सम्मान, शिक्षाप्रति उच्च सम्मान व्यक्त

ललितपुर । महाङ्काल पूर्व विद्यार्थी संघ, गोटीखेल–ललितपुरको आयोजनामा गुरुपूर्णिमाको अवसर पारेर ‘गुरुपूर्णिमा विशेष गुरु सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाका सल्लाहकार गोविन्द पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डा. लक्ष्मण प्रसाद घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा  स्वागत मन्तव्य शकुन्तला दुलालले राख्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरू मुकुन्द घिमिरे, अरुण केसी, विदुर घिमिरे तथा संस्थाका निवर्तमान अध्यक्ष नवराज महतले समाज निर्माणमा गुरुहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै अग्रज गुरुहरूको सम्मान गर्नु सम्पूर्ण विद्यार्थी र समाजको दायित्व भएको बताउनुभयो। उहाँहरूले गुरु–शिष्य परम्परालाई जीवन्त राख्न यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने धारणा व्यक्त गर्नुभयो।


सो अवसरमा शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदरस्वरूप राजेन्द्र प्रसाद तिमिल्सिना र रामजी भण्डारीलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूले सम्मानप्रति आयोजकप्रति आभार व्यक्त गर्दै आगामी पुस्तालाई गुणस्तरीय शिक्षा र नैतिक मूल्य प्रदान गर्न निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा प्याब्सनका उपाध्यक्ष रबिन्स शर्माको समेत विशेष उपस्थिति रहेको थियो। सहभागीहरूले गुरुप्रति सम्मान, कृतज्ञता र आदर व्यक्त गर्दै ज्ञान, संस्कार र नैतिक शिक्षाको संरक्षणमा सबैले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
गुरुपूर्णिमाको अवसरमा आयोजित उक्त कार्यक्रमले गुरुहरूको योगदानप्रति सम्मान व्यक्त गर्नुका साथै शिक्षा, संस्कार र सामाजिक मूल्यको संरक्षणमा पूर्व विद्यार्थीहरूको सक्रिय भूमिकालाई समेत उजागर गरेको आयोजकले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend