काठमाडौं । नेपाल मेडिकल एसोसिएसन (एनएमए) को श्रावण २३ गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। विभिन्न पदका उम्मेदवारहरूले आफ्ना एजेन्डा सार्वजनिक गर्दै चिकित्सक समुदायसँग मत मागिरहेका छन्।
यसैक्रममा डा. रामकृष्ण यादवका समर्थकहरूले उनलाई भारी मतका साथ विजयी गराउन सम्पूर्ण चिकित्सक समुदायसमक्ष अपिल गरेका छन्। समर्थकहरूको भनाइमा डा. यादव सक्षम, समर्पित र सेवामुखी नेतृत्वका रूपमा स्थापित उम्मेदवार हुन्, जसले चिकित्सकहरूको पेशागत हकहित र स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकतामा राखेका छन्।
उनी नेतृत्वमा पुगेपछि चिकित्सकहरूको पेशागत अधिकारको संरक्षण, नेपाल मेडिकल एसोसिएसनको संस्थागत सुदृढीकरण, पारदर्शी र उत्तरदायी नेतृत्व तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास समर्थकहरूले व्यक्त गरेका छन्।
समर्थकहरूले सम्पूर्ण चिकित्सक मतदातालाई श्रावण २३ गतेको निर्वाचनमा डा. रामकृष्ण यादवलाई मतदान गरी विजयी बनाउन आग्रह गरेका छन्।
डा. यादवको चुनावी नारा छ– “तपाईंको विश्वास, हाम्रो प्रतिबद्धता।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend