सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भोलिदेखि भरी सिलिन्डर ग्यास पाइने

भोलिदेखि भरी सिलिन्डर ग्यास पाइने

काठमाडौं । नेपाल आयल निगमले भोलि देखि देशभर साविककै १४.२ केजीको पूरा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट एलपी ग्यासको आयात र आपूर्ति प्रणाली सहज भएसँगै निगमले पूरा सिलिन्डर बजारमा पठाउन लागेको हो।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमका प्रवक्ताले नयाँ व्यवस्था लागू भएसँगै अब उपभोक्ताले १४.२ केजीको पूरा ग्यास सिलिन्डर २ हजार ६० रुपैयाँमा खरिद गर्न पाउने जानकारी दिए।

यसअघि तत्कालीन असहज परिस्थितिलाई दृष्टिगत गर्दै निगमले २०८२ साल फागुन २९ गतेदेखि बजारमा ७.१ केजीको आधा सिलिन्डर ग्यास मात्र भरी बिक्री वितरण गर्ने निर्णय गरेको थियो।

आईओसीका विभिन्न बोटलिङ प्लान्ट र रिफाइनरीहरूबाट ग्यास लोड हुने अवस्थामा सुधार आएपछि र बजारमा १४.२ केजीको सिलिन्डरको उच्च माग रहेकाले निगमले पुरानै व्यवस्था कायम गरेको हो।

यद्यपि, केही समयका लागि बजारमा ७.१ केजीका आधा सिलिन्डरहरू पूर्ण रूपमा प्रतिस्थापन नहुन्जेल दुवै प्रकारका सिलिन्डर बिक्री वितरणमा रहनेछन्।

निगमले बजारमा दुवै तौलका सिलिन्डर उपलब्ध हुन सक्ने भएकाले उपभोक्ताहरूलाई तौल र मूल्य यकिन गरेर मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ। ७.१ केजी र १४.२ केजी दुवै सिलिन्डरको मूल्य सोही तौलको अनुपातमा निर्धारण हुनेछ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend