सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल–भारत जोड्ने रेलमागले दुई देशबीचको व्यापार थप विस्तार हुने

नेपाल–भारत जोड्ने रेलमागले दुई देशबीचको व्यापार थप विस्तार हुने

sf7df8f}F, !@ ;fpg -/f;;_M k|d cf]nL–;Daf]wg k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ sf7df8f}Fdf cfof]lht OlG8of–g]kfn nlhl:6s ;ld6sf] pb3f6g sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M k|bLk/fh jGt

काठमाडौं १२, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत जोड्ने रेलमार्ग तथा जलमार्गले दुई देशबीचको व्यापार थप विस्तार हुने बताएका छन् । काठमाडौंमा आयोजित नेपाल–भारत पारवाहनसम्बन्धी छलफल कार्यक्रममा उनले रेल तथा जलमार्गमा नेपाललाई जोड्ने काम भइरहेको भन्दै यसबाट दुवै देशलाई फाईदा पुग्ने बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं—वीरगञ्ज रेलमार्ग अध्ययन प्रतिवेदन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारीसमेत दिए ।
कार्यक्रममा भारतीय राजदुत मञ्जिवसिंह पुरीले मोतिहारी–अमेलखगञ्ज पेट्रोलियम पाइपलाईन विस्तारले नेपालको आर्थिक विकासमा ठुलो भूमिका खेल्ने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अहिले आयात निर्यातमा रेलमार्गको अभाव तथा लागत शुल्क जस्ता समस्या रहेको बताइन् ।

कार्यक्रममा भारतका प्रतिनिधिहरुले दुई देशबीच व्यापार सम्बन्ध सुधारेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । सम्मेलनमा नेपाल तथा भारतका उद्योगी व्यवसायी पनि सहभागी छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend