सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारका राम्रा कामको बारेमा कांग्रेसको बिरोध गर्दैन—नेता सिंह

सरकारका राम्रा कामको बारेमा कांग्रेसको बिरोध गर्दैन—नेता सिंह

काठमाडौ १२, साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको राम्रो काममा कांग्रेसको सहयोग रहने बताएका छन् ।
गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा आयोजित ‘एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा विद्यालय पोशाक वितरण समारोह’मा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लिएको सरकारले समृद्धि ल्याउन नसकेको आरोप लगाए ।

पूर्वउपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले अन्तर्रा्िष्ट्रय समुदायलाई समेत विश्वासमा लिएर काम गर्न नसकेको आरोप लगाए ।
उनले सरकार आरोप प्रत्यारोपमा लाग्नुभन्दा पनि काम गरेर जनतालाई विश्वासमा लिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा पूर्वगर्भनर हिमालय शम्शेर जबराको सहयोगमा विद्यालयमा उपलब्ध गराइएको पोशाक वितरण गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend