सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त

काठमाडौं ९ साउन । सरकारले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पदमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले खनाललाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणका प्रशासन तथा अनुमति शाखा प्रमुख पुरुषोत्तम खनाललाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको थियो। यसअघि खनाल प्राधिकरणका निमित्त अध्यक्ष थिए।

तत्कालीन अध्यक्ष दिगम्बर झाले उमेरका कारण राजीनामा दिएपछि मन्त्रिपरिषदले खनाललाई ६ महिनाका लागि कार्यावाहक अध्यक्ष बनाएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend