सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बाढीले सडक बगाउँदा कर्णाली राजमार्गको आवागमनमा अबरोध

बाढीले सडक बगाउँदा कर्णाली राजमार्गको आवागमनमा अबरोध

सुर्खेत ८, साउन । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिकामा पर्ने रती खोलामा आएको बाढीले सडक नै बगाएको छ । गए रातिदेखि लगातारको वर्षाले सियाकोट–तल्लोडुंगेश्वर खण्डमा पर्ने रती खोलामा बाढी आएको हो ।

बाढीले सडक बगाउँदा सर्वसाधारण अलपत्र परेका छन् ।रती खोलामा आएको बाढीले सियाकोटतर्फको करिव ५० मिटर सडक बगाएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

बाढीले सडक बगाउँदा सियाकोट भएर तल्लोडुंगेश्वर हुँदै दैलेखको पश्चिम क्षेत्र, अछाम, कालिकोट, मुगु र जुम्ला जाने यातायातका साधन ठप्प हुँदा सर्वसाधरण अलपत्र परेका छन् ।

बाटो अवरुद्ध भएपछि सुर्खेत हुँदै कर्णालीका जिल्लामा जाने यात्रुहरु दैलेखको सियाकोटमा अलपत्र परेका छन् भने, जुम्ला–कालिकोट–दैलेख हुँदै सुर्खेत आउने यात्रु दैलेखको पाल्तडामा अलपत्र परेका छन् । सडक खुलाउन डोजर परिचालन गरे पनि कडा चट्टानका कारण सडकको भित्ता काट्न नसकिएको प्रहरीको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend