अर्घाखाँची ८, साउन । अर्घाखाँची गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको भुवनपाटामा माथि भिरबाट आएको पहिरोका कारण ५ घरपरिवार उच्च जोखिममा परेका छन् ।
एक साता देखी निरन्तर पहिरो खसेपछी स्थानिय पुर्णकला गुरुङ , चन्द्रकला बुढाथोकी, अनिता क्षेत्री , गणेश थापा , हरि घिमिरेको घर उच्च जोखिममा परेको हो। अहिले पहिरोका कारण उच्च जोखिममा रहेका ५ घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको सितगंगा २ का वडा अध्यक्ष गोबर्धन थापाले बताए ।
घर माथिबाट आएको पहिरोले स्थानिय शान्ता बिकको घर र पसल पुरेर ५ लाख बराबरको क्षति र्पुराएको छ । घर माथिबाट पहिरो आएपछी घरभित्र रहेकी शान्ता बिकले भागेर ज्यान बचाएकी थिईन्।
उनले गहभरी आँसु झार्दै भनिन, ‘एक्कासी घरमाथिबाट पहिरो आयो, छिमेकीले पहिरो आयो मान्छे घर भित्र छ भने बाहिर निस्क भनेर चिच्चाएको सुनेर दौडेर बाहिर निस्के मत बाचे तर हेर्दा हेर्दै घर पुर्यो। अहिले न बस्नलाई आफ्नो घर छ ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend