सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

 संश्रेय गैरेलाई सिसिआरसी कलेजद्वारा भव्य स्वागत

 संश्रेय गैरेलाई सिसिआरसी कलेजद्वारा भव्य स्वागत

१४ साउन,  काठमाडौं ।  प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक भव्य समारोहका बीच सिसिआरसी कलेजले कक्षा ११ को  इन्ट्रान्स परीक्षामा उत्कृष्ट पहिलो  स्थान हासिल गर्ने विद्यार्थी  संश्रेय गैरेलाई सम्मानपूर्वक स्वागत गरेको छ।

उल्लेखनीय उपलब्धिको कदर गर्दै कलेजले गैरेलाई विशेष सम्मानका साथ स्वागत गर्दा खादा र फूलको बुकी  अर्पण गरिएको थियो। अध्ययनमा निरन्तर मेहनत र लगनशीलता प्रदर्शन गर्दै टप स्थान हासिल गरेका गैरेलाई विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा सहपाठीहरूले खुलेर प्रशंसा गरेका छन्।

कार्यक्रममा कलेजका प्रधानाध्यापकले गैरेको उपलब्धिलाई उदाहरणीय बताउँदै अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा लिन आग्रह गरे। साथै, कलेजले शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूको पहिचान गर्दै यस्ता सम्मान कार्यक्रमले उनीहरूमा थप आत्मविश्वास र ऊर्जा थप्ने विश्वास व्यक्त गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend