६ साउन, काठमाडौं । राजधानीको नयाँबानेश्वर थापागाउँमा ‘रोयल पोशाक’ नामक नयाँ सिलाई तथा पोशाक केन्द्र सञ्चालनमा आएको छ। पोशाक केन्द्रका सञ्चालक मुर्तुजा अन्सारीका अनुसार यहाँ सटिङ–सुटिङदेखि लिएर सम्पूर्ण प्रकारका सिलाई सेवाहरू सुपथ मूल्यमा उपलब्ध हुनेछन्। विगत २० वर्षदेखि पोशाक व्यवसायमा सक्रिय अन्सारीले नयाँ ठाउँमा सुरु गरिएको यस व्यवसायमार्फत ग्राहकलाई गुणस्तरीय सेवा र पूर्ण सन्तुष्टि दिने उद्देश्य राखिएको बताए।

‘रोयल पोशाक’ मा नेपाली परम्परागत पोशाकको पनि विशेष ख्याल गरिएको छ। अन्सारीका अनुसार दौरा–सुरुवालदेखि लिएर अन्य जातीय र सांस्कृतिक पहिरन पनि ससुलभ मूल्यमा तयार गरिनेछ। त्यस्तै, स्कुल र कलेजको युनिफर्म, सरकारी पोशाक, कार्यालयका लागि औपचारिक लुगा, तथा सर्वसाधारणले दैनिक जीवनमा प्रयोग गर्ने विभिन्न प्रकारका कपडाहरू सिलाउने व्यवस्था गरिएको छ।

उक्त पसल थापागाउँको पतञ्जली शाखाबाट केही अगाडिको चोकमै अवस्थित छ, जहाँ ग्राहकहरूले सजिलै सेवा लिन सक्नेछन्। “हामी गुणस्तरीय सामग्री, समयमै सेवा, र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकता दिन्छौं,” अन्सारीले भने, “हाम्रो लक्ष्य मूल्यभन्दा बढी सेवा दिनु हो।”
स्थानीय स्तरमै दक्ष श्रमिकको व्यवस्थासहित सञ्चालन गरिएको यो सिलाई केन्द्रले रोजगारी सिर्जनामा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ। सिलाई सेवाको विविधता, दक्षता, र सुपथ मूल्यका कारण ‘रोयल पोशाक’ निकट भविष्यमै धेरै ग्राहकको रोजाइमा पर्ने विश्वास अन्सारीले व्यक्त गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend