४ साउन ,काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका युवा नेता पशुपती पोखरेलले नेता डा. शेखर कोइराला पार्टी फुटाउन होइन, संसदीय दलको नेता भइ प्रधानमंत्री बन्ने प्रयासमा रहेको दाबी गरेका छन् ।
पोखरेलका अनुसार वि.पि.कोइरालाले जन्माएको पार्टी नेपाली काँग्रेस लाई फुटाउने पक्षमा शेखर कोइराला नभएको तर संसदीय दलको नेता परिवर्तन गरी देशको प्रधानमंत्री वन्ने प्रयासमा उनी बैठक तथा छलफालमा निरन्तर लागि रहेको बताएका हुन।
उनका अनुसार यसै क्रममा आज दिउँसो आफ्ना समूहका केही साँसदहरूलाई बोलाइ राजधानीको एक पाँच तारे होटेलमा गोप्य बैठक गरेका छन् । बैठकमा उपस्थित करिव १५ जाना शेखर समूहका सांसदहरुले डा. शेखर कोइराला लाई देशको गतिरोध अन्त्य गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए। बैठकमा उपस्थित सांसदहरु योगेश गौचन थकाली, कान्छाराम तामाङ, डा. सुनिल शर्मा ,राजेन्द्र वजगाई, दिपक गिरि, धनराज गुरुङ,जीवन परियार लगायत रहेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend