सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गायक मोतिराज खनालको तीज विशेष गीत “छड्के कपाल किन कोरेको” सार्वजनिक

गायक मोतिराज खनालको तीज विशेष गीत “छड्के कपाल किन कोरेको” सार्वजनिक

 

१ साउन, काठमाडौं । अर्घाखाँचीका बहुप्रतिभाशाली गायक तथा सर्जक मोतिराज खनालले नेपाली महिलाको महान चाड तीजको अवसर पारेर नयाँ गीत “छड्के कपाल किन कोरेको” सार्वजनिक गरेका छन्। राजधानीमा सोमबार आयोजित एक भव्य समारोहबीच उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। सन्सा फिल्म्सको आयोजनामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष सुरज खनालको अध्यक्षता रहेको थियो भने नेकपा एमालेकी सांसद बिजुला रायमाझी प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।

उक्त गीत गायक मोतिराज खनालकै शब्द, संगीत र स्वरमा तयार भएको हो, जसमा लोकप्रिय गायिका राधिका हमालले सशक्त साथ दिएकी छिन्। गीतमा दीपेश बिष्ट, कृष्ण खत्री, रश्मि भुजेल र कल्पना मल्लको पनि सहायक स्वर रहेको छ। संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् भने रेकर्डिङ तथा मिक्सिङ कृष्ण बाजुरालीले ‘द म्युजिक इरा रेकर्डिङ स्टुडियो’मा सम्पन्न गरेका हुन्।

भिडियो पक्षमा सुरज खनालको निर्देशन र शिवजी क्षेत्रीको कोरियोग्राफीमा तयार म्युजिक भिडियोमा चर्चित मोडल कृष्ण खत्री र रिना गुरुङ को दमदार अभिनय देख्न सकिन्छ। सहायक कलाकारको रूपमा गीता खनाल, अस्मिता खनाल र कृष्टिना शाहले आकर्षक उपस्थिति जनाएका छन्। कार्यक्रमको सञ्चालन सबिन खड्काले गरेका थिए भने राष्ट्रिय नाचघरका पूर्व महाप्रबन्धक लक्ष्मण रायमाझी, समाजसेवी ऋषि भुसाल, धनेन्द्र बस्नेतलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति कार्यक्रममा रह्यो।

नेपाली समाजमा तीज एक यस्तो चाड हो, जसले श्रद्धा, सामूहिकता, र नारी चेतनाको स्वर प्रकट गर्छ। यही सन्देश बोकेको यो गीतले प्रेम, पीडा, संघर्ष र आशाको कथा संगीतमार्फत प्रस्तुत गर्न खोजेको छ। यसअघि खनालले सार्वजनिक गरेको भजन “सुपादेवी देउरालीकी माइ” ले समेत दर्शकस्रोताबाट अत्यधिक प्रशंसा पाएको थियो। सशक्त सिर्जनामा निरन्तर सक्रिय खनालको योगदान नेपाली संगीत क्षेत्रमा गहिरो र अतुलनीय रहँदै आएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend