सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पिपुल्स इनर्जी लिमिटेडले आईपिओ निष्कासन गर्ने; साधारणसभाबाट नयाँ संचालक समितिको चयन

पिपुल्स इनर्जी लिमिटेडले आईपिओ निष्कासन गर्ने; साधारणसभाबाट नयाँ संचालक समितिको चयन

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले आठौं वार्षिक साधारणसभा सम्पन्न गर्दै कम्पनीको साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै नयाँ संचालक समितिको समेत चयन गरेको छ।

कम्पनीका अध्यक्ष कृष्ण प्रसाद आचार्यको सभापतित्वमा मंगलबार ( २४ असार , २०८२ ) काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक र वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

कम्पनीले शेयरको सार्वजनिक निष्कासनको लागि विद्युत नियमन आयोगबाट २०८१ साउन २२ गते स्वीकृति लिइसकेर अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा २०८१ साउन २३ गते निवेदन दर्ता गराएको जनाएको छ।

पिपुल्स इनर्जी लिमिटेडले दोलखा र रामेछाप जिल्ला भएर बग्ने खिम्ती खोलामा ४८.८ मेगावाटको जलविद्युत आयोजना यसै वर्ष सम्पन्न गर्दै व्यवसायीक विद्युत उत्पादन सुरु हुने जनाएको छ। अधिकृत पूँजी ३ अर्ब ३० करोड रहेको यस कम्पनीको अन्य विभिन्न परियोजना तथा कम्पनीमा समेत लगानी रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend