काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले आठौं वार्षिक साधारणसभा सम्पन्न गर्दै कम्पनीको चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीका अध्यक्ष डा. एक नारायण चापागाईंको सभापतित्वमा शनिबार ( २१ असार , २०८२) सम्पन्न सभाले शेयरधनिहरुलाई सय प्रतिशत हकप्रद शेयर प्रदान गरेको हो।
साधारणसभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक र वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि यही असार ९ गते शेयरधनी दर्ता किताब बन्द ( बुक क्लोज ) गरेको थियो ।त्यस्तै , कम्पनीले यस वर्ष कुनै लाभांश प्रदान गरेको छैन।
सयपत्री हाइड्रोपावर कम्पनीले बागलुङ जिल्लामा २.५ मेगावाटको दरम खोला-ए जलविद्युत आयोजना सम्पन्न गरि मिति २०७३/३/१२ बाट व्यवसायीक उत्पादन गर्दै आएको छ। समीक्षा आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ७३ लाख बढी आम्दानी गरेको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend