२२ असार, काठमाडौं । काठमाडौँ उपत्यकाको मुटुमा अवस्थित चाबहिल चुच्चेपाटीको मनास्लु वर्ल्ड कलेज आजको समयमा गुणस्तरीय शिक्षा र सीपको संगमका रूपमा स्थापित भएको छ। सन् २०२० को कोभिड महामारीको चुनौतीपूर्ण समयमा स्थापना भए पनि यो कलेजले छोटो समयमा नै शिक्षाको पारम्परिक धार भन्दा फरक परिचय बनाउन सफल भएको छ। किनकि आजको युगमा डिग्री मात्रै पर्याप्त हुँदैन, व्यवहारिक सीपले नै व्यक्तिलाई आत्मनिर्भर बनाउँछ र जीवनका कठिनाइलाई सामना गर्ने आत्मबल दिन्छ। यही दृष्टिकोणमा केन्द्रित भएर मनास्लुले शिक्षा र सीपलाई एकैसाथ अघि बढाएको छ।
मनास्लुमा अध्ययन गर्दा विद्यार्थीले पढाइसँगै सीप पनि सिक्ने अवसर पाउँछन्। उदाहरणका लागि, यहाँका विद्यार्थीहरूले बैंकिङ, होटेल व्यवस्थापन, मिडिया स्किल, कानुनी ज्ञान, फोटोग्राफी, ग्राफिक डिजाइनिङ लगायतका व्यावहारिक तालिम प्राप्त गर्छन्। शिक्षालाई व्यवहारमा जोड्नु नै मनास्लुको प्रमुख विशेषता बनेको छ। अन्य धेरै कलेजहरू अझै पनि रट्ने र परीक्षा पास गर्ने शिक्षा प्रणालीमा सीमित हुँदा मनास्लुले जीवनोपयोगी शिक्षा दिनुमा बल दिएको छ। यसैले यो कलेजले विद्यार्थीलाई केवल राम्रो अंक ल्याउने होइन, जीवनमै अग्रणी बन्ने आधार तयार गरिदिन्छ।
मनास्लुमा पढ्ने विद्यार्थीहरूले आफ्नो पढाइसँगै खेलकुद, सांस्कृतिक कार्यक्रम, नेतृत्व विकास तालिम, सार्वजनिक वक्तृत्व, समूह कार्य, समय व्यवस्थापन, कम्युनिकेसन स्किल जस्ता सफ्ट स्किल तालिममा भाग लिन सक्छन्। यी तालिमहरू केवल कक्षाकोठामा सीमित छैनन्, नियमित रूपमा आयोजना हुने प्रतियोगिता र कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास बढाउँछन्। मिस्टर एन्ड मिस मनास्लु, सिङ्गिङ आइडल, डान्सिङ स्टार जस्ता कार्यक्रममा सहभागी भएर विद्यार्थीले व्यक्तित्व विकासको अवसर पाउँछन्।

त्यतिमात्र होइन, मनास्लुले खेलकुद क्षेत्रमा पनि ठुलो नाम बनाइसकेको छ। मदन भण्डारी कप, ग्राण्डी, लुम्बिनी एकेडेमी, गोल्डेन गेट, माइलस्टोन लगायतका बास्केटबल प्रतियोगितामा लगातार उपाधि जित्नु यसको प्रमाण हो। यहाँ बास्केटबलका लागि अन्तर्राष्ट्रिय मापदण्डमा कोर्ट, दक्ष प्रशिक्षक र खेलाडीका लागि छात्रवृत्तिको व्यवस्था छ। नियमित अभ्यास, तालिम र खेलाडीको हौसला अभिवृद्धिले नै मनास्लुलाई उपत्यकाकै उत्कृष्ट खेलकुद संस्था बनाएको छ। अन्य कलेजहरूले खेलकुदलाई प्राथमिकता नदिँदा मनास्लुमा भने यसलाई शिक्षा सरह महत्व दिइन्छ।
विद्यार्थीको पढाइ मात्र होइन, जीवनको परीक्षा पास गर्ने शिक्षा दिनु मनास्लुको विशेषता हो। कलेजका अध्यक्ष गेन्द्र लामाले बताउँछन्, “विद्यार्थीलाई पढाइ मात्र होइन, जीवनलाई कसरी सामना गर्ने भन्ने कुरा सिकाउनुपर्छ। त्यही भएर हामीले शिक्षालाई सीपसँग जोड्यौं।” मनास्लुको यही दृष्टिकोणले गर्दा यहाँका विद्यार्थीहरूले प्लस टु सकेपछि एमबिबिएस, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी र कानुन क्षेत्रमा उत्कृष्ट नतिजा ल्याइरहेका छन्। साथै, विश्वका प्रतिष्ठित विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको संख्या हरेक वर्ष बढ्दो छ।
पढाइ हुने विषयको कुरा गर्दा मनास्लुले विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा प्लस टु अध्ययन गराउँछ। यी सबै संकायमा पाठ्यक्रम मात्र पढाइँदैन, यससँग सम्बन्धित व्यवहारिक सीप सिकाइन्छ। विज्ञान संकायका विद्यार्थीका लागि अनुसन्धान, ल्याब अभ्यास, परियोजना कार्य; व्यवस्थापनका विद्यार्थीका लागि बैंकिङ, होटल म्यानेजमेन्ट, फाइनान्स प्राक्टिस; मानविकीका विद्यार्थीका लागि मिडिया अभ्यास, सार्वजनिक वक्तृत्व, समाजशास्त्रीय अनुसन्धान; कानुन संकायका विद्यार्थीका लागि अदालत भ्रमण, कानुनी सल्लाह र बहस अभ्यास समावेश छन्। यस्तो बहुआयामिक अभ्यासले विद्यार्थीलाई कुनै पनि क्षेत्र रोज्न सजिलो बनाउँछ।
मनास्लुको अर्को फरक विशेषता कलेजको शिक्षण शैलीमा पनि देखिन्छ। दक्ष र अनुभवी प्राध्यापकहरूले विद्यार्थीको मनोविज्ञान अनुसार पढाउने प्रविधि अपनाएका छन्। स्मार्ट बोर्ड, अनलाइन शिक्षण सामग्री, इ–लाइब्रेरी, हजारौं पुस्तक भएको पुस्तकालय, अप–टु–डेट प्रविधियुक्त कक्षा कोठा यहाँका बलियो आधार हुन्। कलेजले विद्यार्थीको प्रतिभा र रुचि अनुसार सिकाइका गतिविधि सञ्चालन गर्छ, जसले गर्दा विद्यार्थीको आत्मविश्वास र सिर्जनात्मक क्षमता बढ्छ।
मनास्लुले अमेरिकन हस्पिटालिटी एकेडेमीसँगको सहकार्यमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई सफ्ट स्किल तालिम दिन सुरु गरेको छ। यो तालिममा नेतृत्व विकास, पब्लिक स्पिकिङ, समय व्यवस्थापन, समूह कार्य, आत्मानुशासन, कम्युनिकेसन स्किल जस्ता विषयमा केन्द्रित तालिम दिइन्छ। यस्तो तालिमले विद्यार्थीलाई केवल सर्टिफिकेट होइन, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गरिदिन्छ।
कलेजको वातावरण पनि अध्ययनमैत्री छ। विद्यार्थीलाई सुरक्षित, प्रेरणादायी र सकारात्मक वातावरण दिन कलेजले ख्याल राखेको छ। विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि उनीहरूको रुचि र आवश्यकता अनुसार अवसर प्रदान गरिन्छ। चाहे त्यो खेलकुद, सांगीतिक कार्यक्रम, नृत्य, अभिनय, वा सामाजिक सेवा, मनास्लुमा सबैको प्रतिभा उजागर गर्न स्थान छ।
अर्को पक्ष शुल्क संरचनाको हो। धेरै कलेजहरूमा गुणस्तरीय शिक्षा अत्यन्त महँगो हुन्छ, तर मनास्लुले आफूले दिने सेवा सुविधाका आधारमा सुलभ शुल्क कायम गरेको छ। आर्थिक अवस्था कमजोर भएका, विकट क्षेत्रका, गरिब, जेहेन्दार र फरक क्षमता भएका विद्यार्थीलाई छात्रवृत्ति वा सहयोगी संस्थाबाट सहयोग जुटाएर पढाइको अवसर प्रदान गरिन्छ। पढ्न इच्छुक तर आर्थिक समस्या भएका विद्यार्थीका लागि मनास्लु उपयुक्त कलेज हो।
विद्यार्थीका सफलताका उदाहरण पनि प्रशस्तै छन्। मिस मनास्लु बनेर अमेरिकाको विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न गएकी स्यारोन वाइबा लामा, पुल्चोकमा इन्जिनियरिङ छात्रवृत्तिमा नाम निकाल्ने युनिक खरेल, अमेरिकाको अपर्चुनिटी फण्ड छात्रवृत्तिमा पढिरहेका आकृति लिम्बु, एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा पढिरहेका लक्ष्मी लामा र नैना श्रेष्ठ, भारतीय दूतावासको छात्रवृत्तिमा इन्जिनियरिङ पढिरहेका सजिन तामाङ—यी सबै मनास्लुको शिक्षण पद्धतिले उनीहरूलाई तयार पारेका उदाहरण हुन्।
यी सफलताले मनास्लुका विद्यार्थीको सीप विकास, पढाइ र व्यक्तित्व विकासको स्तर प्रमाणित गर्छ। मनास्लुबाट पढेका विद्यार्थीले बैंकिङ, होटेल म्यानेजमेन्ट, मिडिया, कानुन, खेलकुदजस्ता विविध क्षेत्रमा आफूलाई प्रमाणित गर्न सकेका छन्।

यति मात्र होइन, कलेजले विद्यार्थीलाई नियमित रूपमा सामाजिक सेवामा पनि सहभागी गराउँछ। वृद्धाश्रम, बालबालिका संरक्षण गृहमा सेवा, सरसफाइ अभियान, रक्तदान, वातावरण संरक्षण जस्ता गतिविधिमा विद्यार्थीको संलग्नता अनिवार्यजस्तै छ। यसले विद्यार्थीलाई जिम्मेवार नागरिक बन्न सिकाउँछ।
मनास्लुका प्रधानाध्यापक राजन श्रेष्ठ भन्छन्, “विद्यार्थी कक्षाकोठाबाट निस्कँदा उसँग एउटा सीप हुनुपर्छ भन्ने हाम्रो विश्वास हो। त्यसैले यहाँ पढेका विद्यार्थीले प्लस टुको राम्रो नतिजासँगै आफ्नो रुचि अनुसारको सीप लिएर निस्कन्छ।” कलेजको यही सोचले यहाँ पढ्ने विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र व्यवहारिक ज्ञान बलियो बनाएको छ।
सारमा भन्नुपर्दा, मनास्लु वर्ल्ड कलेज अरू कलेजको तुलनामा फरक छ। यहाँ शिक्षा, सीप, खेलकुद, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व सबैलाई एउटै प्लेटफर्ममा राखेर विद्यार्थीलाई तयार पारिन्छ। शिक्षालाई जीवन निर्माणको आधार मान्ने दृष्टिकोण, दक्ष प्रशिक्षक, प्रविधियुक्त कक्षा, अतिरिक्त क्रियाकलापमा अग्रता, सुलभ शुल्क, पहुँचविहीन विद्यार्थीका लागि छात्रवृत्ति, सुरक्षित वातावरण—यी सबैले मनास्लुलाई अरू कलेजभन्दा विशिष्ट बनाएको छ।
त्यसैले आफ्नो वा आफ्ना सन्तानको भविष्य सुनिश्चित गर्न चाहनुहुन्छ भने मनास्लु वर्ल्ड कलेज नै उत्कृष्ट छनोट हुन सक्छ। यहाँ पढाइ मात्र छैन, जीवनका लागि आवश्यक सम्पूर्ण सीप, आत्मबल र आत्मविश्वास सँगसँगै विकास हुन्छ। मनास्लुमा विद्यार्थीले पढाइसँगै नेतृत्व गर्ने साहस सिक्छन्, व्यक्तित्वलाई बलियो बनाउँछन्, आफ्नो रुचि अनुसारको सीप विकास गर्छन् र जीवनलाई सही दिशा दिन सक्ने क्षमता प्राप्त गर्छन्।
यसैले मनास्लु वर्ल्ड कलेज भनेको शिक्षा, सीप र व्यक्तित्व विकासको उत्कृष्ट मिलनस्थल हो। यहाँ हरेक विद्यार्थीले आफ्नो भविष्य बनाउने अवसर पाउँछन् र हरेक अभिभावकले आफ्ना सन्तानको भविष्य सुरक्षित भएको अनुभूति गर्न सक्छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend