बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

३० असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । ओली चौथोपटक प्रधानमन्त्री बन्न लागेका हुन् ।

असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए ।

दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । प्रधानमन्त्री र मन्त्रीहरुको शपथग्रहण भने सोमबारका लागि तय भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई चौथो पटक प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन्।

शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीसहितका नेताले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दाबी पेश गरेका थिए।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेसँगै काग्रेस–एमालेले १६६ जना सांसदको समर्थनसहितको दाबी प्रस्तुत गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend