बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो विकास साझेदार

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो विकास साझेदार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 80?

२२ असार , काठमाडौं । ग्लोबल आईएमई बैंक नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज्  (नास आईटी) को नवस्थापित दीगो कोषलाई सहयोग गर्ने पहिलो दीगो साझेदार बनेको छ। असार २० गते  आयोजित सम्झौतापत्र हस्तान्तरण समारोहमा नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दीगो साझेदारको रूपमा घोषणा गरेको हो।

यो साझेदारीले नास आईटीको उद्योगबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवाचार  मार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउने मिसनमा महत्वपूर्ण माइलस्टोनको संकेत गर्दछ।

यस साझेदारी मार्फत ग्लोबल आईएमई बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त गर्नेछ। नास आईटी मार्फत् बैंकको डिजिटल बैंकिंग र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्नेछन्। नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकूलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त गर्नेछन्।

नास आईटीले प्रमुख साझेदारहरूसँग साझेदारी गर्न, नवाचार र अनुसन्धानलाई प्रवर्द्धन गर्न, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन गर्न, शिक्षा र सीप विकासलाई प्रवर्द्धन गर्न, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्न दीगो कोष सुरू गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend