शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

हवाई सुरक्षा अभिवृद्धि गर्न अध्ययन समिति गठन

हवाई सुरक्षा अभिवृद्धि गर्न अध्ययन समिति गठन

काठमाडौं ,१३ साउन। हवाई सुरक्षा अभिवृद्धि गर्न पूर्व पर्यटन सचिव यज्ञ गौतमको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समिति गठन गरिएको छ। समितिमा क्याप्टेन हिराबाबु दाहाल, रवि कंसाकार र  नारायण बहादुर सिंह डंगोल रहेका छन्।

समितिले एक महिनासम्म यसबारे अध्ययन गर्नेछ।

एक वर्षको अवधिमा चार दुर्घटना भएपछि वायुसेवा संञ्चालक संघले हवाइ सुरक्षा अभिवृद्धिको लागि ‘ट्रान्सफोर्स’ समिति गठन गरेको हो। दुर्घटनामा धेरैले ज्यान गुमाएका थिए ।

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले दुर्घटनाको कारण, न्युनिकरणका उपाय लगायतका विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताए ।

संघले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरुमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend