बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान

शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान

खबरब्रेकिंग, काठमाडौं साउन ११ गते । शिक्षक सेवा आयोगले निम्न माध्यमिक विद्यालय तह (निमावि)को अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन आह्वान गरेको छ ।

लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन्। आयोगका अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आवेदन दिन सक्नेछन्।
आयोगका अनुसार ११ भदौसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर १८ भदौसम्म अनलाईनमार्फत आवेदन दिन सकिनेछ। आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np मार्फत अनलाइन दरखास्त पेस गर्न सकिने छ । आयोगले विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np प्राप्त गर्न र हेर्न सक्ने जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend