बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बेलायत जान नर्सका लागि अनलाइन आवेदन खुल्यो, यस्तो योग्यता पुगेका नर्सले दिन पाउँछन् आवेदन

बेलायत जान नर्सका लागि अनलाइन आवेदन खुल्यो, यस्तो योग्यता पुगेका नर्सले दिन पाउँछन् आवेदन

खबरब्रेकिंग,काठमाडौं साउन ५ गते। बेलायतमा रोजगारीका लागि जान चाहने नर्सका लागि अनलाइन आवेदन खुलाइएको छ । श्रम तथा रोगगार मन्त्रालयले बिहीबारदेखि अनलाइन आवेदन खुला गरेको हो । मन्त्रालयले २० जुलाईदेखि ११ अक्टोबरसम्म आवेदन दिन सकिने जनाएको छ ।

यस्तो योग्यता भएका नर्सले दिन पाउँछन् आवेदन

१। नेपाली नागरिक, नेपाली पासपोर्टको म्याद आवेदन दिएको दिनदेखि कम्तीमा एक वर्ष रहेको ।

२। नेपाल सरकार वा विदेशको मान्यता प्राप्त शिक्षण संस्थाबाट अध्ययन गरी स्टाफ नर्स, नर्सिङमा स्नातक (बीएस्सी नर्सिङ वा बीएन) वा नर्सिङमा स्नातकोत्तर गरेको ।

३। नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त । पछिल्लो दुई वर्ष कुनै मान्यताप्राप्त अस्पतालमा दुई वर्ष काम गरेको हुनुपर्ने । (सन् २०१९ भन्दा अघि काम गरेको अनुभवलाई मान्यता दिइने छैन) ।

४। निम्नमध्ये कुनै एक अंग्रेजी भाषामा प्रवीणता प्रमाणपत्र तह हुनुपर्ने

आइईएलटीएस को रिडिङ, लिस्निङ र स्पिकिङ स्कोर सात र राइटिङमा ६.५ ल्याएको ।
ओईटमा कम्तीमा बी ग्रेड रिडिङ, राइटिङ र लिस्निङ तथा सी प्लस ल्याएको ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend