शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ट्रु मी’ ब्रान्डका सौन्दर्य सामग्री नेपाली बजारमा

ट्रु मी’ ब्रान्डका सौन्दर्य सामग्री नेपाली बजारमा

काठमाडौं । ‘ट्रु मी’ ब्रान्डका सौन्दर्य सामग्री नेपाली बजारमा उपलब्ध भएका छन । अमेरिकन प्रविधिबाट उत्पादित गुणस्तरीय ब्रान्ड ‘ट्रु मी’ का सामग्री काठमाडौंमा एक कार्यक्रम गर्दै ट्रुडर्मा कम्पनीले नेपालमा  सार्वजनिक गरेको हो ।

लामो समयदेखि छाला र कपालको हेरचाहजन्य एवं मेडिकल सामग्रीको व्यापार गर्दै आएको ट्रुडर्मा एसएले अहिले ट्रु मीका छाला र कपालको हेरचाह गर्नेलगायत सौन्दर्य सामग्री नेपाल भित्र्याएको हो ।

कार्यक्रममा ट्रुडर्माका अध्यक्ष सुशान्त मुरारका, नायिका स्वस्तिमा खड्का र ब्रान्ड एम्बेसडर रुश्का वैद्य श्रेष्ठलेले ट्रु मीका सामग्री सार्वजनिक गरेका थिए ।

कम्पनीले भित्र्याएको कपालसम्बन्धी सबै खालका केरोटिन, केरोटिन स्याम्पो, सेरम, वाक्स र फेसियलजस्ता सामग्री अमेरिकी प्रविधिमा आधारित उत्पादन भएको बताएको छ ।

यस्तै, विभिन्न किसिमका फेस स्कुब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क पनि ट्रुडर्माले भित्र्याएको छ ।

कार्यक्रममा नायिका खड्का एवं ब्रान्ड एम्बेसडर श्रेष्ठले जथाभावी सौन्दर्यका उत्पादनले प्रयोगकर्ताको छालालाई असर गर्ने बताए । ट्रुडर्माका उच्चस्तरीय सामग्री त्यसको उत्कृष्ट विकल्प भएको उनीहरूको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend