काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षका लागि पूर्वअध्यक्ष विष्णुहरि पाण्डेले आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन् । असार २७ गते बुधबार होटल म्यारियटमा एक कार्यक्रम आयोजना गर्दै पाण्डेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी सहित प्यानल घोषणा गरेका हुन ।

यही असार ३० गते हुने निर्वचनको लागि अध्यक्षका उम्मेदवार पाण्डेले शैक्षिक परामर्श क्षेत्रमा स्थापित व्यक्तिहरूलाई समेटेर प्यानल बनाएका छन् । अध्यक्ष पाण्डेको प्यानलमा लक्ष्मण पौडेल , भुवन क्षेत्री र प्रकाश श्रेष्ठ उपाध्यक्षका उम्मेदवार रहेका छन भने महासचिवमा वासुदेव दाहाल रहेका छन ।

यसैगरि सचिवमा फिलिप कुमार डाँगी क्षेत्री र शिव त्रिपाठीलाई अघि सारेका छन् । कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सह कोषाध्यक्षमा हेमराज सिग्देल उम्मेदवार रहेका छन ।
कार्यसमिति सदस्यका लागि सुरज सिलवाल, आशिष रायमाझी, मञ्जित ढकाल, साधना पुडासैनी, सतिन्द्र झा, एसपी भट्टराई, शिवप्रसाद अर्याल, सुमन शर्मा र श्रीराम गिरी, पाण्डे नेतृत्वको प्यानलका उम्मेदवार रहेका छन ।
नेतृत्वको प्यानल घोषणापछि अध्यक्षका उम्मेदवार पाण्डेले भिजन २०२५ सार्वजनिक गरे । भिजन २०२५ मा तत्कालका योजनाहरु, प्राथमिकतापूर्ण योजनाहरु र दीर्घकालीन महत्वका योजनाहरु सार्वजनिक गरिएको छ । शैक्षिक परामर्श क्षेत्र निर्देशिकाको भरमा चलिरहेको हँदा यस क्षेत्रलाई शिक्षा ऐनमा समेट्नका लागि अधिकतम पहल गर्ने पाण्डेले बताएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend