सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लुम्बिनी प्रदेश फूटबल संघमा नयाँ नेतृत्व चयन

लुम्बिनी प्रदेश फूटबल संघमा नयाँ नेतृत्व चयन

बुटवल असार २४ गते । लुम्बिनी प्रदेश फूटवल संघको आज बुटवलमा भएको प्रथम अधिबेशनले अजित राज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व चयन संगै अब प्रदेशमा खेलकुदका गतीविधीमा थप चलायमान हुनेआयोजकले बताएका छन ।

अखिल नेपाल फूटवल संघ एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसीले लुम्बिनी प्रदेश फूटवल संघमा नयाँ नेतृत्व सर्वसम्बत रुपमा चयन हुनुले यस क्षेत्रमा फूटवलको विकासका लागि थप महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे । उनले खेलकुदको लागि केन्द्रिय सरकारले वजेटको व्यवस्थागर्न नसकेकोमा चिन्ता व्यक्त गदै स्थानिय तहहरुसंग मिलेर खेलकुदका प्रतियोगिता संचालन गर्न आह्वान गरे ।

लुम्बिनी प्रदेशसमा मुख्य मन्त्रीसंग जोडिएर मुख्यमन्त्री कप फूटवल प्रतियोगिता संचालन गर्न पहल गर्नु पर्ने भन्दै प्रदेशमा समिति चयन भएसंगै वाटो सहज भएको बताए ।

अखिल नेपाल फूटवल संघ एन्फाका केन्द्रिय सदस्य भोजराज जोसीले फूटवलमा देखिएको समस्या समाधान हुने धारणा राखे । प्रदेश फूटवल संघका उपाध्यक्षमा होम बहादुर क्षेत्री, खोम सिंह ठकुरी शक्ति अजय कुमार शर्मा, र सदस्यमा मोहन सिंह राना, करन चित्रकार, अनिल कुमार शाक्य, सुरेश मणि त्रिपाठी, शिव श्रेष्ठ, भेषराज पौडेल, संजय कार्की ,शुसिल कुमार श्रेष्ठ, मोहन सिंह थापा, अशोक सेन र महिला सदस्यमा सीता गोतामे निर्वाचित भएको निर्वाचन समितिका संयोजक शालिकराम बन्जाडेले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend