सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

खबरब्रेकिंग,काठमाडौं, असार २० गते । आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य सामान्य बढेको हो । आजको मूल्यसूची तय गर्दै हिजो मंगलबारको तुलनामा सामान्य मूल्य बढेको महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ पुगेको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ छ । हिजो सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ५ रुपैयाँ बढेसँगै प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको कारोबार प्रतितोला १३ सय ७५ रुपैयाँमा भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend