काठमाडौं । अध्यक्ष इश्वरीप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न नेपाल पुनर्बीमा कम्पनीको ८औं साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लगानीकर्तालाई चुक्ता पूँजिको ४.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२५५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
सभा असार १५ गते शुक्रबार अमृतभोग, कालिकास्थान, काठमाडौंमा सम्पन्न भएको हो ।

प्रस्तावित बोनस सेयर सरकार र बीमा प्राधिकरणबाट स्वीकृत भई सभाबाट पारित भएको छ । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिइएको छ ।
साधारणसभाले नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन सम्पन्न गरेको छ। राष्ट्रिय बीमा कम्पनी लिमिटेडका कार्यकारी अधिकृत शेखर बराल र सुर्यज्योति लाईफ इन्स्योरेन्सका दिनुका पोखरेल संचालकमा चयन भएका छन।
सभामा आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहविवरणमा छलफल र सुझाव सहित पारित भएको छ । आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पारित भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend